×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाविरुद्ध लड्न नेताहरुको साथ : नारायणकाजीद्वारा एक वर्षको पारिश्रमिक सहयोग गर्ने घोषणा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाविरुद्ध लड्न नेताहरुको साथ : नारायणकाजीद्वारा एक वर्षको पारिश्रमिक सहयोग गर्ने घोषणा !

Artha Sarokar

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पनि आफ्नो एक वर्षको पारिश्रमिक कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत यसको घोषणा गरेका हुन् । 
श्रेष्ठले दुई महिनाको पारिश्रमिक कोभिड १९ राहत कोष र बाँकी १० महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।
श्रेष्ठले सामाजिक सञ्जालमा ‘हामी अहिले कोभिड-१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं । यसबेला एकतावद्द भई आ-आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी छ । यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी बिपन्न बर्ग केन्द्रित आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु ।’ लेखेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी