
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने “एनआईबिएल समृद्धि फण्ड–२” योजनाको इकाइ शुक्रबार बाँडफाँड गरिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी यो योजनाको रु. १० अंकित दरका कुल १२ करोड इकाइ गत वैशाख १३ गतेदेखि १६ गतेसम्म सार्वजनिक रुपमा बिक्री खुला गरिएको थियो। यस योजनामा मागभन्दा अधिक इकाइका लागि आवेदन प्राप्त भएको थियो।
सर्वसाधारण आवेदकबाट (बीज पुँजीबाहेक) कुल ६७ हजार ७६ आवेदन फाराममार्फत जम्मा १५ करोड ६३ लाख ३ हजार ९९० इकाइका लागि आवेदन प्राप्त भएकोमा ६४ हजार ५१४ आवेदन फाराममार्फत जम्मा १४ करोड ५२ लाख ९५ हजार ४०० इकाइका लागि रितपूवक आवेदन प्राप्त भएकोे र कुल २ हजार ५६२ आवेदन फाराममार्फत जम्मा १ करोड १० लाख ८ हजार ५९० इकाइका लागि रितपूर्वक आवेदन प्राप्त नभएकोले रद्द गरिएको क्यापिटलले जनाएको छ। रितपूर्वक आवेदन प्राप्त भएकामध्येबाट कुल ३३ आवेदनमार्फत जम्मा १६ हजार ६३० इकाइका लागि प्राप्त आवेदन दोहोरो परेकोले अयोग्य ठहरिएको क्यापिटलले स्पष्ट पारेको छ।
योजनाको कुल आकार रु. १ अर्ब ५० करोडको जम्मा २० प्रतिशत बीज पुँजीका रुपमा लगानी गर्नुपर्ने रकम रु. ३० करोड रकममध्ये रु. २९ करोड रकमबराबरको २ करोड ९० लाख इकाइ कोष प्रर्वद्र्धक नेपाल इनभेष्टमेण्ट बैंक लिमिटेड, रु. १ करोड रकमबराबरको १० लाख इकाइ योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा सर्वसाधारणलाई बाँडफाँड गर्नुपर्ने जम्मा १२ करोड इकाइ ६४ हजार ४८१ जना सर्वसाधारणलाई गरी कुल ६४ हजार ४८३ जना आवेदकलाई जम्मा १५ करोड इकाइ संलग्न भएको छ ।
रिजल्ट यहाँबाट हेर्न सकिन्छ :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्