×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ सालको क्यालेण्डर सार्वजनिक, कहिले पर्छ दशैं र तिहार ? (विस्तृत विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

२०७७ सालको क्यालेण्डर सार्वजनिक, कहिले पर्छ दशैं र तिहार ? (विस्तृत विवरणसहित)

Artha Sarokar

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं –  गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ हुने बिदाको सूची निकालेको छ । सूचीअनुसार सालमा ६४ दिन सार्वजनिक बिदा हुने भएको छ । उक्त सूचीअनुसार वर्षभरीमा ५२ वटा शनिबार सार्वजनिक बिदा हुनेछ ।
सूची अनुसार २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ भने तिहार भने मंसिर १ गते परेको छ । दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म ५ दिन पाइने छ । दशैंपछि आउने भाइटीका भने मंसिर महिनाको १ गतेमा परेको छ । सरकारले कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिनेछ । यस्तै कात्तिक २९ गते लक्ष्मी पूजाको दिनमा रहेको छ । ३० गते आइतबार म्हपूजा र मंसिर १ गते सोमबार गोबद्र्धन पूजा, भाइटीका र नेपाल सम्वतको नयाँ वर्ष एकैदिन परेको छ ।
२०७७ सालमा मलमास परेकाले चाडपर्व पछि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समिति जानकारी दिएको छ । यता २०७६ सालमा दशैंको टीका असोज २१ गते र तिहारको भाइटीका कात्तिक १२ गते परेको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी