Skip to content
LAXMI SUNRISE BANK

कोरोना कारण कुखुरा खाने घटे, व्यवसायी भन्छन् ‘बैंकको ब्याज तिर्ने गार्हो हुने भो’

अर्थ सरोकार

काठमाडौँ – कोरोना भाइरस नियन्त्रण गर्न घोषणा गरेको लकडाउनले मकवानपुरका कुखुरा व्यवसाय समस्यामा परेका छन् । कुखुरा पाल्ने तथा त्यसको फार्म चलाएर जीवनयापन चलाउने र व्यवसाय गर्ने कुखुरा व्यवसाय र किसान लकडाउनका कारण समस्यामा परेको गुनासो पाइएको छ । विभिन्न फार्ममा व्यवसायका लागि पालिएको कुखुरा बिक्री नहुने तथा बजारसम्म ढुवानी नहुँदा व्यवसायी चिन्तित छन् । साथै कुखुराको दाना, प्राविधिक तथा आवश्यक औषधिलगायत समस्याले व्यवसाय नै चौपट हुनेस्थित आएको हेटौँडा–१३ का कुखुरा व्यवसायी उर्मिला मगरले बताउनुभयो । 
त्यस्तै बैंक तथा सहकारीबाट ऋण लिएर गरिरहेको कुखुरा व्यवसायबाट लगानीअनुसारको आम्दानी नहुँदा ब्याजसमेत तिर्न धौधौ परेको उहाँको भनाइ छ । कुखुरा व्यवसायमा समस्या परेपछि कुखुरा व्यवसाय सङ्घ मकवानपुरले प्रतिकेजी रु ५५ नोक्सानी व्यहोर्दै प्रतिकेजी जिउँदो कुखुराको मूल्य रु १२५ तोकिएको छ । सङ्घका अध्यक्ष राजु अधिकारीका अनुसार एक केजी कुखुरा तयार गर्न रु १८० खर्च लाग्ने गरेको छ । तर बिक्री वितरणको कमीले सङ्घले जिउँदो कुखुराको मूल्य घटाएको जनाएको छ । 
उता जिउँदो कुखुराको मूल्य घटिरहेका बेला बजार उपभोक्ता मूल्य प्रतिकेजी कुखुराको मासु रु २५० कायम गरी बिक्री वितरण भइरहेको जितपुर मिटसपका सञ्चालक नसरुदिन मियाँले भन्नुभयो । पसल बिहान र साँझ खुल्ने कारणले व्यवसायमा समेत समस्या परेको उहाँको भनाइ छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK