×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको राहत प्याकेज : घरभेटीहरुलाई सरकारको आग्रह, ‘एक महिनाको भाडा नलिनू…’ मान्लान् त घरभेटी ?

LAXMI SUNRISE BANK

सरकारको राहत प्याकेज : घरभेटीहरुलाई सरकारको आग्रह, ‘एक महिनाको भाडा नलिनू…’ मान्लान् त घरभेटी ?

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले एक महिनाको घरभाडा नलिन घरबेटीहरूलाई आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले घरबेटीहरूलाई चैत महिनाको घरभाडा नलिन आग्रहग गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै सरकारले कोरोना भाइरस ९कोभिड(१९० को रोकथामका लागि चैत २५ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय पनि गरेको छ । कोरोनाको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको मन्त्री खतिवडाले बताए । खतिवडाका अनुसार मन्त्रिपरिषद्ले २५ गते राति १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि सरकारले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी