Skip to content
LAXMI SUNRISE BANK

कोरोना प्रभाव : शनिबार वाइडबडी चीनको ग्वाङझाओ जाँदै, मेडिकल सामग्री ल्याइने !

अर्थ सरोकार

काठमाडौं । नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीईलगायतका औषधिजन्य सामाग्रीहरु लिन चीन जाने भएको छ । विमान शनिबार उक्त वस्तु लिन चीनको ग्वाङझाओ जाने भएको हो । विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार भोलि शनिबार नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान लागेको हो ।

चीनबाट वाइडबडीले भेन्टिलेटरलगायतका सामग्रीसमेत ल्याउने बताइएको छ । यसअघि चीनमा कोरोना भाइरस महामारीका रुपमा फैलिएपछि उक्त स्थानका विभिन्न शहरबाट नेपाली नागरिकहरुलाई पनि नेपाल वायु सेवा निगमको वाइडबडी जहाजलेनै नेपाल ल्याएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK