×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघद्वारा गंगबुको मानव सेवा आश्रमलाई मास्कलगायतका वस्तु वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघद्वारा गंगबुको मानव सेवा आश्रमलाई मास्कलगायतका वस्तु वितरण

Artha Sarokar

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले मानव सेवा आश्रमलाई मास्क,सेनेटाइजर, साबुन, तेल तथा खाद्यान्नलगायतका वस्तु वितरण गरेको छ । महासंघले शनिबार गंगबुमा रहेको मानव सेवा आश्रमका वृद्धवृद्धाहरुलाई एक कार्यक्रमकाबीच उक्त वस्तु वितरण गरेको हो ।
आश्रममा विभिन्न वस्तु हस्तान्तरण गर्दै महासंघले अहिले माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट सुरक्षित हुने उपायको बारेमा जानकारी दिएको थियो । साथै हात राम्रोसंग धोएर सेनेटाइजर लगाउने तरिका सिकाउदै मास्क वितरण गरिएको महासंघले जनाएको छ ।
आयोजित कार्यक्रममा महासंघका अध्यक्ष राम कृष्ण श्रेष्ठ ,केन्द्रिय सदस्य तथा बागमती प्रदेश सचिब राज कार्की, केन्द्रिय सदस्य राम प्यारा छिनाल, प्रदेश सदस्य बिनोद छिनाल , युवा ब्यवसायिहरु कमल कार्की र भक्त नेपालीको उपस्थिति रहेको थियो । 
साथै नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै हरेक जिल्लामा रहेका संघलाई नि: शुल्क मास्क वितरण गर्ने कार्य गरी सहयोग गर्न अपिल पनि गरेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी