काठमाडौँ – प्रहरीले काठमाडौँ उपत्यकाका बजार क्षेत्रमा अत्यावश्यक बाहेक अन्य पसलहरु बन्द गराउन थालेको छ । सरकारले अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गर्ने शुक्रबार घोषणा गरेसँगै न्यूरोड क्षेत्रका पसलहरु प्रहरीले बन्द गराउन लागेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी परिचालन गरेर काठमाडौँका भित्री बजारहरु न्यूरोड, असन, इन्द्रचोक लगायतका क्षेत्रमा अत्यावश्यक बाहेक अन्य पसल बन्द गराउन थालेको हो । महानगरीय प्रहरी परिसरले भने पसलहरु बन्द गराएको नभइ सुरक्षात्मक उपायहरु अपनाउन आग्रह गरेको र फुटपाथहरु पूर्णतया बन्द गराएको जनाएको छ ।