
कोरोना भाईरसबाट संसार नै पिडित छ । नेपाल सरकारले पनि सम्भावित भयावह स्थितिको अनुमान गरी अत्यावस्यकबाहेक सबै सेवाहरु चैत्र ९ देखि २१ गते सम्म बन्द गरेको छ । बीमा कारोबारलाई अत्यावस्यक सेवामा राखेकोले सेवालाई निरन्तरता दिनु र कोरोनाबाट बच्नु पनि जरुरी छ । मानिसको जिवनमा भबिष्यमा आइपर्ने जोखिम कै लागि बीमा गर्नुपर्ने भएकोले यो संकटको घडिमा भागेर कायर हुनुभन्दा सुरक्षित पनि हुनु र बीमा कारोबारको उचित ब्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ । त्यसको लागि भोलिबाट निम्न उपाय अपनाउन सल्लाह दिन्छु ।
१) कार्यालका कर्मचारि सबैको दैनिक ज्वरो मापन गर्ने,मास्क लगाउन लगाउने,सेनिटाईजर प्रयोग गराउने र १/१ घण्टामा साबुन पानीले हात धुन लगाउने ।
२) कार्यालयका कर्मचारिलाई १/१ घण्टामा तातो पानी, चिया, कफि उपलब्ध गराउने ।
३) कार्यालयमा भेटन सेवाग्राहि र ग्राहक आउँदा भेट्ने एउटा छुट्टै कोठाको ब्यवस्था गर्ने र ३ फिटको दुरि राखी भेटबार्ता गर्ने । अन्य कोठा कोठामा जान नदिने ।
४) आउने ग्राहक र सेवाग्राहीलाई गेटमा नै ज्वरो नापी मास्क लगाई ‘सेनिटाईजर’ लगाएर मात्र गेटभित्र आउन दिने।
५) बिमा कार्यालयमा एकै ठाउमा ५ जना भन्दा बढि ग्राहकसँग छलफल वा भेटघाट नगर्ने ।
६) शाखा वा क्षेत्रिय कार्यालयमा दैनिक अत्यावस्यक कामको लागि आलोपालो गरी २ जनामात्र दैनिक उपस्थित हुने । सो भन्दा बढिलाई अनिवार्य बिदा बस्न लगाउने ।
७) प्रधान कार्यालयमा प्रत्येक विभागमा अधिकृत एक जना र सहायक एक जना गरी दुई जनामात्र उपस्थित गराई दैनिक आइपर्ने सेवा दिने र बाँकीलाई बिदा दिने ।
८) कार्यकारी प्रमुख र नायब कार्यकारी प्रमुख पनि आलोपालो गरी बिदा बस्ने ।
९) अनिवार्य बिदा दिंदा सार्बजनिक सवारिमा आउने र टाढा घर भएका कर्मचारीलाई प्राथमिकतामा राखेर बिदा दिने ।
१०) बिदा दिंदा सबैलाई पहिले संचित बिदाबाट कट्टि हुनेगरी दिने, त्यो नहुने स्थाईलाई एडभान्स बिदा दिने र त्यो पनि नहुनेलाई बोर्डबाट पास गरि ५०% मात्र पाउने पेड लिभ दिने ।
११) बिदा आलोपालो गर्दा कोरोना भाईरसको स्थिति हेरि १/१ दिन३/३ दिन वा ५/५ दिनको लगातार हुनेगरी दिने।
देश र जनता अहिले अन्तराष्ट्रिय संकटबाट गुज्रिरहेका छन् । उचित ब्यवस्थापन नगर्दा कंपनि डुब्न सक्छन्, तपाईं हाम्रो जागिर जान सक्छ ,देश ठुलै संकटमा फस्न सक्छ । यस्तोमा आफु पनि बाच्ने, अरुलाई पनि बचाउने, कम्पनी पनि बचाउने अनि देशलाई पनि सहज हुने गरि कार्य गर्नुमा नै हामी सबैको भलाई छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्