काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) देशबासीलाई सम्बोधन गर्ने भएका छन् । शुक्रबार अपरान्ह ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्।
नोभल कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । गत फागुनमा मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्रीलाई संक्रमणबाट जोगाउन सम्बोधनका क्रममा अन्य पत्रकारालाई भने रोकिने बताइएको छ ।
यस्तै सरकारले कोरोना भाइरसले विश्वएव्यापी रुप लिएपछि विभिन्न कुरामा प्रतिबन्ध लगाईसकेको छ ।