काठमाडौं । गोकुल बास्कोटा निवासमा बम विस्फोट गराएको अभियोगमा विप्लव समूहका ३ जना पक्राउ परेका छन् । पूर्वसञ्चारमन्त्री रहेका बास्कोटाको मनोहराफाँटस्थित निवासमा गत फागुन २८ गते बम विस्फोट भएको थियो । सो अभियोगमा महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले विप्लव समूहका लक्ष्मण सेठी, टेक लोहार र अमृत कुमाललाइ पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रमुख सहकुल थापाले उनीहरु उक्त बम विस्फोटको घटनामा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको बताए । अहिले उनीहरुलाई टेकुमा राखिएको छ । बास्कोटा निवासमा भएको बम विस्फोटबाट उनका छिमेकीको घरमा समेत क्षति पुगेको थियो ।