Skip to content
LAXMI SUNRISE BANK

थपियो अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरमा आवेदन दिने समय, अब १३ गतेसम्म आवेदन दिन पाइने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएको छ । कम्पनीको उक्त सेयरमा निर्धारित समय वा आजसम्म नबिकेपछि ४ दिन थप गरेर १३ गतेसम्म लम्ब्याइएको छ ।
यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले जेठ २० गतेबाट १ः०.२९३८ अनुपातमा (२९.३८%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । वैशाख २८ गतेसम्म कायम रहेका सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् भने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलसहित अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा शाखाबाट आवेदन दिन सकिनेछ । आवेदन दिन 
यस्तै नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालय र मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन पाइनेछ । कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK