काठमाडौं – नबिल बैंक लिमिटेडको आज (आइतबार)बाट २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र बिक्री खुला भएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी उक्त ऋणपत्र बिक्री खुला गरेको हो । ७ वर्ष अवधिको ‘१०% नबिल बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गरेको हो।
बिक्री खुल्ला गरेको २० लाख इकाई ऋणपत्रमध्ये नबिलले ८ लाख इकाई सर्वसाधारणहरुलाई बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाई आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ । बैंकको उक्त ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरले खरिद गर्नुपर्नेछ भने न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाइनेछ ।
सो ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी क्यपिटल मार्केट नियुक्त भएको छ। लगानीकर्ताले यसमा चैत ५ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा चैत १६ गतेसम्म आवेदन दिन पाइनेछ । साथै यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्