Skip to content
LAXMI SUNRISE BANK

अनुभवी बीमाकर्मी बिकास अधिकारीसँगको अन्तर्वार्ता, ‘गण्डकी प्रदेशमा प्राइमलाइफ इन्स्योरेन्स अब्बल छ’ (भिडियो)

अर्थ सरोकार

बीमा बहसका बारे 
बीमा बहस नेपालको सबैभन्दा चर्चित बीमा सम्बन्धि टेलिभिजन कार्यक्रम हो । यो कार्यक्रम बिजनेश टेलिभिजनमा हरेक मंगलबार बेलुकी ८:३० बजे र बुधबार बिहान ७:३० बजे प्रशारण हुन्छ । आर्थिक क्षेत्रको अग्रणी सञ्चारमाध्यम अर्थ सरोकारको अनलाइन संस्करण अर्थ सरोकार डटकमले तयार गरेको यो कार्यक्रम बिजनेश टेलिभिजनसँगै अर्थ सरोकार डटकममा पनि प्रशारण हुन्छ । नेपालको बीमा क्षेत्रमा आफ्नो छुट्टै छाप छोड्न सफल बीमा बहस टेलिभिजन कार्यक्रमको सुरुवात २०७६ साल माघबाट सुरु भएको हो । झन्डै २-३ महिनाकै बीचमा कार्यक्रम बीमा क्षेत्रसँग सम्बन्धितहरु माझ निकै चर्चित बनिसकेको छ ।
बीमा बहस गण्डकी प्रदेश विशेष 
देश संघीयतामा गएपनि काममा संघीयता कार्वान्वयन हुन सकेको छैन । अझ काठमाडौँ केन्द्रित कर्पोरेट सञ्चारमाध्यम त प्रदेशसम्म पुग्न नै सकेका छैनन् । त्यहि अभावलाई मध्यनजर गर्दै हामी प्रदेश प्रदेशमा पुग्दैछौँ । प्रदेशमा रहेका बीमासम्बन्धि सम्भावना र चुनौतीहरु खोतलेर हामी केन्द्रबाट सञ्चार खबरदारी र बीमा साक्षरताको महाअभियानमा जोडिने प्रयास गरिरहेका छौँ । हामी सातै प्रदेशमा पुग्नेछौं । सातै प्रदेशमा बीमासँग सम्बन्धित खुराकहरु दर्शक, स्रोतामाझ ल्याउनेछौँ ।
बीमा बहसमा आजका अतिथि : बिकास अधिकारी
बिकास अधिकारी अर्थात प्राइम लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख । लामो समय बीमा क्षेत्रमा काम गरिरहेका अधिकारी गण्डकी प्रदेशमा प्राइमलाईफ अब्बल रहेको बताउँछन् । मनाङ र मुस्ताङ छोडेर सबै भूगोलमा पुगेको प्राइमलाइफका गण्डकी प्रदेश प्रमुख अधिकारी जीवनबारे बुझाएर बीमा गर्दा खुसी लाग्ने बताउँछन् । बीमामा काम गरिरहँदा कसैको जीवन सुरक्षित पार्दा निकै गर्व लाग्ने गरेको बताउने उनीसँग हामीले गण्डकी प्रदेशमा बीमाका सम्भावना र चुनौतीहरुबारे कुराकानी गरेका छौं ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK