काठमाडौँ । मंगलबार सेयर बजारमा कारोबार सुरु भएको एकघण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि कारोबार २० मिनेटका लागि रोकिएको छ ।
मंगलबार खुलेको बजारमा सुरुवातदेखि नै सेयर बजारमा गिरावट देखिएको थियो । नेप्से ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले घटेपछि नेप्सेले नेगेटिभ सर्किट लगाउँदै २० मिनेटका कारोबार स्थगन गरेको हो । उक्या समयमा नेप्से परिसूचक ५७.३६ अंकले घटेर १३७८।३४ को विन्दूमा कायम भएको थियो।