×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको एकिकृत कारोबार फाल्गुण २९ गतेदेखि हुँदै, मर्जर रोक्न मुद्दाको तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको एकिकृत कारोबार फाल्गुण २९ गतेदेखि हुँदै, मर्जर रोक्न मुद्दाको तयारी

Artha Sarokar

२५ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको एकिकृत कारोबार फाल्गुण २९ गतेदेखि सुरु हुने भएको छ । बैंकले जारी गरेको सूचनामा दुई बैंक बिच फाल्गुण २९ गतेबाट प्राइम बैंकको नाममा एकिकृत कारोबार हुने भएको हो । 
राष्ट्र बैंकको फाल्गुण १८ गतेको पत्रबाट वित्तीय संस्थाहरु प्राप्ति गर्ने अन्तिम स्वीकृत प्राप्त भएको र फागुन २१ गते कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृत लिएको सूचनामा उल्लेख छ । दुवै बैंकको पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेको थियो । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कैलाशका सेयरधनीले उनीहरुको १०० कित्ता सेयर बराबर अब प्राइमको नाममा ९४ कित्ता पाउनेछन् । 
यस्तै, एकीकृत कारोबारका लागि एउटै सफ्टवेयरबाट व्यवस्थापन मिलाउनुपर्ने भएकाले दुवै बैंकको फागुन २८ गते १ दिन दुवैको एटीएम, एसएमएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहने छ ।
यता, प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको मर्जर रोक्न मुद्दाको तयारी भइरहेको छ। 
 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी