पोखरा । शब्द सुन्दै कति मिठो हगि ?
हो ! त्यहि पोखरा तपाईंलाई पर्खिरहेछ । हिमालहरु मन्द मन्द हाँसीरहँदा, फेवातालको मधुर सौन्दर्यताले तपाईंलाई कुरीरहेछ । सस्तो भएको छ आजकल पोखरा आजकल । कोरोना प्रभावले विदेशीहरु नआउँदा होटलहरु सस्ता भएका छन् । सायद यहि हो समय तपाईंले पोखराको मिठासलाई मनमा कैद गर्ने ।
पोखरा सधैं सुन्दर थियो, अझै सुन्दर छ । युग युगसम्म सुन्दर रहिरहनेछ सायद । हुन त तस्विरमा पोखरालाई बुझ्न सकिन्न । र पनि यति सुन्दर परिरुपी पोखरा देखेपछि क्यामराहरु कहाँ अल्छी गर्छन् र ? मनहरु कहाँ यिनलाई कैद नगरी बस्न सक्छ र ? र त खिचियो पोखराका केहि झलक । हेर्नुहोस् तस्विर कथा…