- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सञ्चालकमा मोहन प्रकाश चन्द नियुक्त भएका छन् । साविक नेशनल ट्रेडिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द कर्पोरेशनको सञ्चालक समितिमा नियुक्त भएका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको पत्रानुसार सीईओ चन्द कर्पोरेशनको सञ्चालकमा नियुक्त भएका हुन् । यससँगै उनले कर्पोरेशनको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने छन् । साविक नेशनल ट्रेडिङ्ग गाभिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी गठन भएको हो ।