×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश बिकास बैंकको ‘दादागिरी’ : प्रक्रियागत गल्ती आफु गर्ने, उल्टै ऋणीलाई धम्क्याउने ? (प्रमाणसहित)

PRIME CA

कैलाश बिकास बैंकको ‘दादागिरी’ : प्रक्रियागत गल्ती आफु गर्ने, उल्टै ऋणीलाई धम्क्याउने ? (प्रमाणसहित)

अर्थ सरोकार

१३ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । पोखराका व्यवसायी रेशम राज पन्थीलाई खाली चेकमा हस्ताक्षर गराएर करोडौं रुपैयाँ अपचलन गरेको आरोप लागिरहेका बेला कैलाश बिकास बैंकमा अर्को काण्ड घटेको तथ्य बाहिरिएको छ । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले आफ्नो आमाले लिएको ऋणलाई प्रयोग गर्दै किर्ते काममा लागेको र बैंकले आफु गल्ती गर्ने तर ऋणीलाई धम्क्याउने गरेको प्रमाणसहित संचारमाध्यममा आएपछि यस्तो रहस्य खुलेको हो ।  
गल्ती बैंकको, धम्की ऋणीलाई !
पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलको मोबाइलमा कैलाश विकास बैंकबाट मेसेज आयो । मेसेजमा लेखिएको थियो, ‘दिपेन्द्रजी, म कैलाश बैंक हेड अफिसबाट, तपाईं किस्ता पनि हाल्नुहुन्न, फोन पनि उठाउनु हुन्न, तपाईंको नोटिस पत्रिकामा ‘पब्लिस’ हुँदैछ । यसअघि नियमित रुपमा किस्ता हालिरहेका उनी बाबु बितेपछि पारिवारिक काममा व्यस्त हुँदा केहि किस्ता छुटेको रहेछ । तर कुरा बैंकको फलोअपको थिएन, उनलाई पठाइएको मेसेजको थियो । न बैंकबाट औपचारिक पत्र, न जानकारी, न सम्बन्धित ठाउँबाट फोनमा कुराकानी, न कुनै इमेल । दायाँबायाँ नगर्ने र तर अन्याय पनि नसहने कंडेलको पारो तात्यो । त्यसपछि उनी बैंक गए ।
बैंकमा उनले आफुलाई कुनै पनि जानकारी नदिइकन यस्तो मेसेज आएको बारे भने । बैंकले उनलाई ४ वटा पत्रमार्फत जानकारी गराएको दावी गर्यो । उक्त पत्रमा कंडेलकि आमाले हस्ताक्षर गरेकोसमेत बैंकको दावी थियो । तर बैंकको सबै दावी झुटो रहेछ । उक्त पत्रमा कंडेलकि आमाले हस्ताक्षर नै गरेको होइन रहेछ । बरु अरु कसैले उनकि आमाको किर्ते हस्ताक्षर गरिदिएको रहेछ । ४ वटा पत्रमा उल्लेखित हस्ताक्षर एउटासँग अर्को मिल्दैन । त्यसमाथि उनी ग्यारेन्टर भएको ऋणको पत्रमा उनलाई कतिमा बोधार्थ दिइएको छैन, कतिमा उनको ठेगाना नै गलत छ । उनलाई इमेलमार्फत पनि केहि जानकारी गराइएको छैन । बैंकले दावी गरेपछि उनले आमासँग बुझे । आमाले कुनै पनि पत्रमा हस्ताक्षर नगरेको भनेपछि उनी कैलाश बिकास बैंकसँग किर्ते काण्ड र बैंकले गरेको मिसबिहेबका विरुद्धमा लडिरहेका छन् ।
बैंकले उनीसँग मेसेजका लागि व्यक्तिगत माफी त मागेको छ, तर उनी आफुसँग माफी माग्नुभन्दा पनि  कसैलाई पनि बैंकले मिसबिहेब गर्न नहुने तर्कसहित यो केसमा अगाडी बढेका छन् । उनका अनुसार बैंकले यो प्रकरणमा छानविन गर्नेगरी प्रक्रिया अगाडी बढाएको जानकारी उनलाई बैंकले दिएको छ । र उनी बैंकले गर्ने अनुसन्धान कुरिरहेका छन् ।
हरेक पत्रमा गल्ती !  न ठेगाना ठिक छ, न बोदार्थ !
हुन त कैलाश बिकास बैंक चलाउ नै नसकेर प्राइमलाई जिम्मा लगाइएको चर्चा यसअघि पनि चलेको  थियो । तर बैंकले गर्ने यस्ता गम्भीर प्रकृतिका पत्रहरुसमेत लेख्न नजान्ने कर्मचारी राखेर आफ्नै बेइज्जत गरेको प्रष्ट हुन्छ । ठेगाना नै गलत भएपछि कसरी पत्र पुगोस् ? तर कैलाश विकास विकास बैंक यो प्रकरणमा मौन बसेको छ । बैंकले ४ वटा पत्रको कुनै जानकारी सम्बन्धित व्यक्ति कंडेललाई गराएको छैन तर एक्कासी यस्तो धम्कीपूर्ण एसएमएस गरेको छ । 
अझ बैंकले प्रेषित गैरका पत्रहरु यतिसम्म उदेकलाग्दा छन् कि पत्रमा ठेगाना नै गलत राखिएको छ । पत्रमा प्रयोग भएको भाषा त बलात्कृत नै भएको छ भन्दा पनि फरक पर्दैन । न सबैपत्रमा विवरण उल्लेख छ । न पत्रमा भाषा शुद्ध छ । एउटा प्रतिनिधि पत्र हेर्नुहोस् :    
सुरु भयो इगोको लडाई, फस्यो बैंक !
घटनाको प्रकृति हेर्दा बैंक प्रक्रियागत रुपमा बैंक फसेको छ । हस्ताक्षर किर्ते गरिएको लगभग प्रमाणितजस्तै भएको छ । तर दिपेन्द्र कंडेल बैंकलाई छोड्ने पक्षमा देखिएका छैनन् । ‘यो मेरोमात्र समस्या होइन । सबै ऋणीको समस्या हो । त्यत्रो सम्पत्ति राखेर ऋण लिएको छ, ब्याज बुझाएको छ, अनि उल्टै डाका नै भएजसरी उनीहरुको गलत व्यवहार भोग्नुपर्ने ?’ उनले प्रतिप्रश्न गरेका छन् । ‘म अहिले बैंकको अनुसन्धान कुरिरहेको छु । यो प्रकरणमा कुनै हालतमा सम्झौता हुँदैन ।’ उनले दाबी गरे ।  यस विषयमा बैंकका सूचना अधिकारीसँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क भएन ।  
यस सम्बन्धमा तयार गरिएको खास भिडियोसहितको टेलिभिजन कार्यक्रम अर्को अंकमा प्रस्तुत गर्नेछौँ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: