×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैशाख २६ गतेदेखि महालक्ष्मी विकास बैंकले १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वैशाख २६ गतेदेखि महालक्ष्मी विकास बैंकले १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने

Artha Sarokar

२२ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वैशाख २६ गतेदेखि महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले एसियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको हो ।
यसमा न्यूनतम ६९८ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा जेठ ९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । 
लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् भने लिलामीको बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा पेश गर्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी