×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको एक्टेन्सन काउन्टर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा, डा.रोशन पोखरेलद्धारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु बैंकको एक्टेन्सन काउन्टर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा, डा.रोशन पोखरेलद्धारा उद्घाटन

९ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

टेकु
काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । यस काउन्टरको उद्घाटन स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा.रोशन पोखरेलले गरेका हुन् ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको काम गर्न सहज र सरल हुने भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । यस बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा एटिएम, ४५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रवाह गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी