×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सञ्चारमन्त्री फसेपछिको असर : सेक्युरिटी प्रेस अनियमितताका मूख्य योजनाकार विकल पौडेल सुटुक्क अमेरिकातिर !

PRIME CA
GLOBAL IME BANK

सञ्चारमन्त्री फसेपछिको असर : सेक्युरिटी प्रेस अनियमितताका मूख्य योजनाकार विकल पौडेल सुटुक्क अमेरिकातिर !

९ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कमिसनपछि काण्डपछि सर्वत्र चर्चामा रहेको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सुटुक्क अमेरिका उडेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस(सुरक्षण मुद्रण छापाखाना)बारे झुटा विवरण दिएर संसदीय समितिलाई गुमराहमा राख्न खोजेको भन्दै सार्वजनिक लेखा समितिको बैठकले चेतावनीसमेत दिएका कार्यकारी निर्देशक पौडेलले बाँस्कोटाको घुस प्रकरण बाहिरिए लगत्तै अमेरिका उड्ने तयारी गरेका थिए । 
सार्वजनिक लेखा समितिमा सोहि विषयमा छलफल चलिरहँदा केन्द्रको प्रमुख व्यक्ति नै किन भोलिपल्टै अमेरिका उड्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
यद्यपी उनले आफ्नो अमेरिका भ्रमण नितान्त पारिवारिक भएको दावी गरे । ‘मेरो श्रीमती र छोराछोरी अमेरिकामै छन् शिवरात्रिको बिदालाईसमेत मध्यनजर गरेर भेटघाटका लागि जान लागेको हुँ’, उनले भने, ‘कमिसन अडियो प्रकरणमा मेरो कुनै संलग्नता छैन ।”
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: