×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भृकुटीमण्डपमा जारी ब्राण्डेड जुत्ताचप्पल मेलामा ओइरिए उपभोक्ता, सस्तोमा जुत्ताचप्पल किन्ने अन्तिम अबसर छोप्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भृकुटीमण्डपमा जारी ब्राण्डेड जुत्ताचप्पल मेलामा ओइरिए उपभोक्ता, सस्तोमा जुत्ताचप्पल किन्ने अन्तिम अबसर छोप्दै

Artha Sarokar

८ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – राजधानीको भृकुटीमण्डप प्रवेशद्वारसँगैको चौरमा नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकको प्रदर्शनीमा उपभोक्ताको भिड बढ्दै गएको छ । भृकुटीमण्डपको प्रदर्शनी हल र ठूलो चौरमा भइरहेको क्यान इन्फोटेक (मेला) मा आउने उपभोक्ता भृकुटीमण्डप प्रवेशद्वारसँगैको मेलामा अवलोकन गर्नकै लागि सर्बसाधारण प्रवेश गर्ने गरेका छन् । मेलामा आउने उपभोक्ता सस्तोमा जुत्ताचप्पल पाएपछि नलिइ कोही फर्केका छैनन, शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइँले भने, मेलामा असाधारण मूल्यमा ब्राण्डेड जुत्ताचप्पल उपलब्ध छन् ।
मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, ल्याडवाक र शुल्याण्डका जुत्ताचप्पल उपलब्ध छन् । क्यान मेलामा आउने उपभोक्तालाई लक्षित गरिएको जुत्ताचप्पल मेलामा १ सय रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्त उपलब्ध रहेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध हुने न्यौपानेले बताए ।
मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरुसमेत राखिएका छन् ।
हामीले स्कुलका विद्यार्थीलाइ लक्षित गरी सस्तामाे स्कुल जुत्ता मेलामा राखेका छाैं, ल्यण्डवाक सुजका साैरभ श्रेष्ठले भने, विवाहका सिजन लक्षीत धेरै माेडलका पार्टी सुज पनि मेलामा छन् । सबै प्रकारका जुत्ताचप्पल खाेज्ने ग्राहकका लागि मेला उपयुक्त गन्तब्य हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी