×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केन्द्रीय बैंकले रिपो बोलकबोल गर्दै, आजै १० अर्ब रुपैयाँ बजारमा पठाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

केन्द्रीय बैंकले रिपो बोलकबोल गर्दै, आजै १० अर्ब रुपैयाँ बजारमा पठाउने

८ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो निष्काशन गर्ने भएको छ । उक्त रिपो ७ दिनमा परिपक्व हुने गरी बैंकले जारी गर्न लागेको हो । रिपो आज अपराह्न ३ बजे बोलकबोल गरेर आजै जारी हुने राष्ट्र बैंकले जनाएको छ । यो रिपो फागुन १५ गते परिपक्क हुनेछ ।
बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी