बीमा बहसमा आजका अथिति सिए विवेक झा :
इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेका बिबेक झा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । सिए पास गरेर आएपछि अडिट फर्म, बैंक, र इन्स्योरेन्समा काम गरेको अनुभव रहेका बीमा क्षेत्रका टाईकुनकै रुपमा चिनिन्छन् । स्पष्ट व्यक्तित्व र भिजन भएका सिइओको रुपमा परिचित झासँग आजको अंकमा हामीले बीमा क्षेत्रका विभिन्न आयामबारे चर्चा परिचर्चा गरेका छौं ।
बीमा बहसका बारेमा
नेपालमा आर्थिक मिडियाको संख्या दिनानुदिन बढिरहेका छन् । ‘बीमा’लाई नै मुख्य बिट बनाएर संचालनमा आएका सञ्चारमाध्यम पनि छन् । तर टेलिभिजन बहस वा नेटवर्कमा आधारित रेडियो बहसमा बीमा सम्बन्धि खास कार्यक्रम छैनन् नेपालमा । त्यहि अभावलाई केहि हदसम्म भएपनि न्याय गर्न सकिन्छ भन्ने प्रयासका साथ हामी आएका छौँ । अर्थ सरोकार डटकमले उत्पादन गर्ने यो कार्यक्रममा प्रस्तुत भएको अन्तर्वार्ता देशभरका ११० बढी रेडियोहरुबाट बज्ने आर्थिक रेडियो कार्यक्रम ‘अर्थ सरोकार’मार्फत पनि प्रशारण हुन्छ भने देशभरका विभिन्न स्थानीय टेलिभिजनबाटसमेत यो कार्यक्रम प्रशारण हुन्छ । कार्यक्रमको प्रशारण पहुँचलाई अझ बिकास गर्न हामी निरन्तर प्रयत्नरत छौँ । तर पहिलो अंकमै हामीले गर्व गर्ने चीजचाहिं के हो भने, ‘हामी देशभरका रेडियोहरु, बिजनेश टेलिभिजनमा मंगलबार ८:३० बजे र अनलाइन गरेर सबैभन्दा बढी प्रशारण पहुँच राख्ने बीमा सम्बन्धि कार्यक्रम भइसकेका छौँ ।’ यो कार्यक्रममा कार्यक्रम प्रस्तोताका रुपमा अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेल रहनेछन् भने रेखा चन्द बहसकर्ताका रुपमा रहनेछिन् ।
भर्खर जन्मेको सन्तानसँग बस् सपना बाड्न सकिन्छ, कुनै अपेक्षा गर्न सकिंदैन । ‘बीमा बहस’ भर्खर जन्मिएको त्यस्तै सन्तान हो । तपाईं दर्शक, पाठक, र स्रोताको मायाले हामीले यो सन्तानलाई थप दरिलो र गर्व गर्न लायक बनाउनेछौं । तपाईंहरुको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गरेका छौँ । वा यो बहसमा के विषयमा कोसँग बहस होस् भन्ने चाहानुहुन्छ भने पनि हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । कार्यक्रमबारे प्रतिक्रियाको अपेक्षा कृतसँग गरिएको यो ‘बीमा-बहस’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्