काठमाडौँ । गत साता काठमाडौँमा ‘किताब जात्रा’ इभेन्ट थियो । सो इभेन्टको एक महत्वपूर्ण प्यानल डिस्कसनमा थिए नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह । के पढ्ने ? किन पढ्ने ? शीर्षकमा अनिल केशरी शाह, मानुसी भट्टराई र कलाकार दयाह्याङ राइले बहस गरे । बहसको अन्तिम तिर प्रश्न सोध्ने पालो आयो दर्शकको । यहिबीचमा उनलाई दर्शक दीर्घाबाट एक सहभागीले सोधे, ‘एक कुशल बैंकर बन्न के गर्नुपर्छ ?’ जवाफमा उनले निकै घतलाग्दो कुरा गरे । ‘अनिल केशरी शाहलाई हेरेर बैंकर नबन्नुहोस् । तपाईं कतिको खुसी हुनुहुन्छ बैंकर बनेर ?’ उनले प्रतिप्रश्न गर्दा तालीको गडगडाहड सुनियो । बाँकी भिडियोमा हेर्नुहोस्।