काठमाडौँ – नयाँ नेपाल लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नयाँ नेपालले सारथी लघुवित्तसँग मर्जमा जाने सम्झौता गरेसंगै नेप्सेमा कारोबार रोक्का भएको हो । सारथी लघुवित्त भने नेप्सेमा सूचीकृत भएको छैन।
मर्जरपश्चात बन्ने संसथाको नाम सारथी नेपाल लघुवित्त रहने प्रारम्भिक सम्झौता भएको छ । दुई कम्पनी १:१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको र अन्तिम स्वाप भने डिडिए प्रतिवेदन अनुसार हुने स्रोतले जनाएको छ।
हाल नयाँ नेपालको चुक्ता पुँजी १० करोड छ भने सारथीको चुक्ता पुँजी ८ करोड १० लाख रहेको छ। सारथीले २२ प्रतिशत हकप्रद दिएर मर्जमा जाने भएको हो ।
अब लघुवित्त कम्पनीहरको मर्जर प्रकृया सकिएपछि मात्र नयाँ नेपालको शेयर कारोबार खुल्ने छ। पछिल्लो समय लघुवित्त कम्पनीहरुमा गाभ्ने तथा गाभिने प्रकृया तीब्र देखिएको छ।