×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंक लिमिटेडले कमायो ८२ करोड १८ लाख रुपैयाँ खुद नाफा, निक्षेप संकलन र ऋण विस्तारमा आक्रामक…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

माछापुच्छ्रे बैंक लिमिटेडले कमायो ८२ करोड १८ लाख रुपैयाँ खुद नाफा, निक्षेप संकलन र ऋण विस्तारमा आक्रामक…

Artha Sarokar

२० माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८२ करोड १८ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५.१७% ले धेरै हो । बैंकले गत वर्ष यसैअवधिमा ७८ करोड १३ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अवधिसम्म आउदा निक्षेप संकलन र ऋण विस्तारमा आक्रामक देखिएको छ। पुस मसान्तसम्ममा निक्षेप संकलन १४.४९% र कर्जा लगानी १७.२७% ले बढाउन सफल भएको छ । बैंकले ९७ अर्ब ५२ करोड निक्षेप संकलन गरी ८७ अर्ब ५४ करोड रूपैयाँ कर्जा लगानी गरेको हो । 
त्यसैगरी पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ६० करोड ६३ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ । साथै बैंकको खुद ब्याज आम्दानी १७.१०% र सञ्चालन नाफा पनि ८.०७% ले बढेको छ । खराब कर्जा ०.०१% ले बढेर ०.४५% मा आएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४३ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८८ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी