×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनसीसी बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

Artha Sarokar

६ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनसीसी बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । उक्त ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले जारी गर्ने ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १८ लाख कित्ता संघसंस्थालाई बिक्री गरिनेछ । 
बैैंकले १० बर्ष अवधिको एनसीसी ऋणपत्र–२०८६ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी