×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य भोटेकोशी जलविद्युत परियोजनाको ६० लाख कित्ता आइपीओ आजदेखि बिक्री खुला, कस कसले पाउँछ भर्न ?

PRIME CA

मध्य भोटेकोशी जलविद्युत परियोजनाको ६० लाख कित्ता आइपीओ आजदेखि बिक्री खुला, कस कसले पाउँछ भर्न ?

अर्थ सरोकार

२१ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमााडौं । मध्य भोटेकोशी जलविद्युत परियोजनाले आज मंगलबारदेखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ६० लाख कित्ता आइपीओ आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई बिक्री खुला गरेको हो । जसमा ३०% ले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको छ ।
कम्पनीले ७०% ले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याएको छ । उक्त आईपीओमा स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म भर्न सक्नेछ भने न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म आवेदन दिन सकिनेछ ।
लक्ष्मी बैंक, मेगा बैंक, एनसीसी बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमान्डू , एनआइसी एसिया बैंक र सिन्धु विकास बैंकको सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रकन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: