
काठमाडौँ – वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । पुस १९ गते पोखरामा आयोजित एक कार्यक्रममा नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो। संघको १९औं साधारणसभाले सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो।
संघका पुर्व अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाको समितिको पदावधि बाँकी रहेका नयाँ समिति गठन भएपनि पदभार ग्रहण गर्न पाएको थिएन । दाहालसँगै संघको कार्यसमितिका अन्य नयाँ पदाधिकारीहरुले पनि पदभार ग्रहण गरेका हुन् ।
यस्तै संघको उपध्याक्षमा नेपाल एसबीआई बैंकका सीईओ अनुकुल भटनागरलेनै निरन्तरता पाएका छन्। भाटनगर दोस्रो कार्यकालका लागि पुनःउपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । सिभिल बैंकका सीईओ गोविन्द गुरुङ्ग, नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सीईओ रमेशराज अर्याल र माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्माले पनि सदस्य पदमा निरन्तरता पाएका छन्।
साथै संघको कार्यसमिति सदस्यमा नयाँ ४ अनुहार थपिएका छन् । एनएमबि बैंकका सीईओ सुनिल केसी, नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी, मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली, सनराइज बैंकका सीईओ जनक शर्मा पौड्याल चयन भएका हुन् ।
बैंकर्स संघको नयाँ कार्यसमिति सदस्यहरु सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्