
काठमाडौं । उखुको भुक्तानी पाउनुपर्ने मागसहित आन्दोलनमा रहेका उखु किसानहरुले शुक्रबार पनि काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् ।
चिनि मिलहरुले विगत सात वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै किसानहरु आन्दोलनमा बसिरहदा पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीले उद्योगीहरुले किसानको भुक्तानी नदिएर ठगि गरेको बताउनुभएको छ । उहाँले किसानले उत्पादन गरेको उखुमा व्यापारको नाउँमा ठगि गरेको बताउनुभयो । उहाँले एक व्यक्तिले खान नपाएर चोरी गर्छ भने जेल सजाय हुने तर अर्को व्यक्तिले किसानको आम्दानी उठाएर खाइदिन्छ भने उसलाई पनि त्यहि अनुसार नै कारबाही हुनुपर्ने बताउनुभयो ।
उहाँले किसानको समस्यामा सरकारले चासो नदिएको भन्दै तत्काल भुक्तानी दिलाउन र उनीहरुमाथि कारबाही गर्न माग गर्नुभयो । हेर्नुहोस् भिडियो:
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्