
काठमाडौं । नेपाल आर्थिक संघको अध्यक्षमा प्रा.डा.विश्वम्भर प्याकुरेल सर्वसम्मत निर्वाचित भएका छन्। प्याकुरेललाई संघको २९ औं वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि अध्यक्षमा चयन गरेको हो।
अर्थशास्त्रीहरूको संगठन नेपाल आर्थिक संघले १७ सदस्यीय कार्य समिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्ष डा. भवानी ढुंगाना, उपाध्यक्षमा प्राडा गोविन्द नेपाल, महासचिवमा गोपाल प्रसाद तिवारी, सचिवमा डा. खोमराज खरेल र कोषाध्यक्षमा प्राडा. शान्ता सिंह निर्वाचित भएका छन्।
यस्तै सदस्यहरूमा प्राडा. विजय श्रेष्ठ, प्राडा. केशवराज खड्का, केशवप्रसाद आचार्य, डा. पोषराज पाण्डे, प्राडा. शिवराज अधिकारी, प्राडा. माधवप्रसाद दाहाल, डा. मणिकुमार नेपाल, डा. यादवमणि उपाध्याय, नवीन अधिकारी र जमुना श्रेष्ठ छन् । साथै संघमा त्रिवि केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्राडा.कुसुम शाक्य पदेन सदस्य छन् ।
संघले सरकारलाई खास गरी बजेट निर्माण तथा अन्य आर्थिक नीति निर्माण सम्बन्धमा समय समयमा स्वतन्त्र रूपले परामर्श दिँदै आएको छ । नवनिर्वाचित अध्यक्ष प्याकुरेलले संघले युवा अर्थशास्त्रीहरूलाई आर्थिक नीति तथा कार्यविधिहरूमा नयाँ दृष्टिकोणसहित पेश हुनसक्ने बनाउने बताए। साथै आगामी कार्यक्रमका रूपमा देशका सातै प्रदेशमा राष्ट्रिय आर्थिक मुद्दाहरू तथा वित्तीय संघीयता सम्बन्धी विषयहरूमा संवादहरू सञ्चालन पनि गरिने भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्