×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जमैकाका पर्यटनमन्त्रीद्वारा उपत्यकामा रहेका सम्पदाहरुको अवलोकन, ढुक्क भएर घुम्ने वातावरण निर्माण गर्न आग्रह ! (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जमैकाका पर्यटनमन्त्रीद्वारा उपत्यकामा रहेका सम्पदाहरुको अवलोकन, ढुक्क भएर घुम्ने वातावरण निर्माण गर्न आग्रह ! (भिडियो रिपोर्ट)

Artha Sarokar

१८ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्लेटले उपत्यकामा रहेका विभिन्न सम्पदाहरुको अवलोकन गर्नुभएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटनसत्रमा सहभागि हुन नेपाल आउनुभएका बार्लेटले बिहीबार बसन्तपुर दरबार क्षेत्र, धरहरा लगायत अन्य निर्माणाधिन सम्पदाहरुको अवलोकन गर्नुभएको हो । उहाँले नेपाल आउने पर्यटकहरुलाई नेपालमा ढुक्क भएर घुम्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । 

‘हामीले भ्रमणवर्ष २०२० को अभियान चलाएका छौँ जुन अझ बढी पर्यटक नेपालमा ल्याउनका लागि हो । महत्वपूर्ण कुरा के हो भने पर्यटकले ढुक्क भएर घुम्ने वातावरण निर्माण गर्नुपर्छ । हरेक कुरामा सुरक्षीत महशुस हुनुपर्छ त्यो विषयमा काम गर्नुपर्छ । पर्यटकीय विशेष क्षेत्रको जानकारी गराउनुपर्छ’, उहाँले भन्नुभयो, ‘नेपालमा माउण्टेन टुरिजम ठूलो आकर्षणको क्षेत्र हो । त्यसैले म तपाईहरुसँग सहकार्य गर्न तयार छु । त्यसका लागि विश्वविद्यालयसँग सम्बन्ध स्थापित गरी यहाँको पर्यटकीय क्षेत्रहरुको बारेमा अझ बढी जानकारी गराउन सकिन्छ ।’
सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित बुधबारबाट ‘नेपाल भ्रमणवर्ष २०२०’ को सुरुवात भएको छ । बुधबार भव्य कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुभारम्भ गरिएको छ । राजधानी लगायत सात वटै प्रदेशले भ्रमणवर्षको उद्घाटनमा विभिन्न औपचारिक कार्यक्रम गरेका थिए । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी