×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेली पावरको नवौ वार्षिक साधारणसभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अरुण काबेली पावरको नवौ वार्षिक साधारणसभा सम्पन्न

१५ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अरुण काबेली पावर लिमिटेडको ९ औं वार्षिक साधारणसभा मंगलबार ( पुष १५ गते) पाँचौ तल्ला, मैत्री हल, इन्द्रेणी फूड ल्याण्ड, नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ ।
कम्पनीको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को आर्थिक विवरण अनुमोदन गरी श्री जि. पौड्यल एण्ड एशोसियसनलाई आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । त्यसै गरी कम्पनीले निर्माण सम्पन्न गरेको काबेली बि–१ जलविद्युत आयोजना २५ मेगावाट सम्पन्न भई २०७६ असोज १६ गते परिक्षण उत्पादन र कार्तिक २३ गतेदेखि व्यापारिक उत्पादन भएको व्यहोरा साधारणसभामा अवगत गराइयो । 
कम्पनीले आगामी वर्षदेखि आफ्नो शेयरधनीहरुलाई लाभांश उपलव्ध गराउने सञ्चालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । त्यसै गरी अध्यक्ष न्यौपानेले कम्पनीले निकट भविष्यमा जलविद्युत लगानी सम्बन्धी छलफल गोष्ठी आयोजना गर्ने साधारणसभामा जानकारी दिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी