Skip to content
LAXMI SUNRISE BANK

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बन्यो राष्ट्रियस्तरको विकास बैंक, निक्षेप संकलन २६ अर्ब ८२ करोड…!

अर्थ सरोकार

काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकको लागि स्वीकृत दिएसँगै विहीबार (मंसिर २६ गते) देखि  बैंकले राष्ट्रिय स्तरको कारोबार सुरु गरेको छ ।  बैंकले ४ वटा साना विकास बैंकलाई प्राप्ती गरेसँगै राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको हो । 

२०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा स्थापना भएको गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंक २०६९ मा मर्ज भई १० जिल्ला कार्यक्षेत्र सहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो ।

यस बैंकले २०७३ सालमा प्युठानमा एक जिल्ले कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई गाभेको बैंकले गत २०७६ असोज २७ गतेदेखि पुर्णिमा विकास बैंक र भागर्व विकास बैंकलाई एक्वायर गरेपछि राष्ट्रिय स्तरको लाइसेन्सको लागि राष्ट्र बैंकमा आवेदन दिएको थियो ।

नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्न दुई अर्ब ५० करोड चुक्ता  पूँजी  तोकेकामा शाइन रेसुङ्गाको चुक्ता पूँजी  दुई अर्ब ६२ करोड रहेको छ ।

हाल बैंकको पूँजी ५ अर्ब र जारी पूँजी २ अर्ब ६२ करोड रहेको छ भने ७१ वटा शाखाहरुमार्फत सेवा दिइरहेको छ । बैंकले प्रदेश ५ मा मात्रै बैंकका ६९ वटा शाखा कार्यालय संचानल गरिरहेको छ  । र २ वटा एटीएम नेटवर्क मार्फत पनि सेवा दिइरहेको छ ।

बैंकले हालसम्म!निक्षेप संकलन र २४ अर्ब १४ करोड कर्जा प्रवाह गर्न सफल भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK