×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा सामान्य करेक्सन, विश्लेषक भन्छन् ‘सामान्य करेक्सन हो नआत्तिनुहोस’

PRIME CA
GLOBAL IME BANK

सेयर बजारमा सामान्य करेक्सन, विश्लेषक भन्छन् ‘सामान्य करेक्सन हो नआत्तिनुहोस’

२० बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से सामान्य अंकले घटेको छ । आइतबारको तुलनामा नेप्से १२.३२ अंकले घटेर २६५२.७५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१६ कम्पनीको १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ५२ करोडमाथिको कारोबार भएको छ । यता विश्लेषक भने आजको करेक्सन सामान्य रहेकाले लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन् । 
आज सबैभन्दा बढी कारोबार अपि हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३९ करोड ३५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल पुनर्बिमा कम्पनी र ग्रामिण विकास लघुवित्तको भएको छ । आज २ वटा समूह बहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् भने हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: