
आजका अथिति रमेश कुमार भट्टराई
रमेश कुमार भट्टराई । नेपाली बीमा क्षेत्रका लागि एउटा कर्मठ सिइओमात्र होइन, एउटा सिंगो इतिहास हुन् उनी । नेपालमा बीमा कम्पनीको पहिलो नेपाली सिइओ भएको गर्विलो इतिहासका साक्षीसमेत हुन् भट्टराइ । लामो समय बैंकिङमा बिताएर नेपाल लाइफ इन्स्योरेन्सको सिइओका रुपमा आफ्नो बीमा करियरलाई मजबुत बनाएका उनी हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत छन् । बजारमा खरो बक्ताका रुपमा परिचित उनी बीमा बजारका सटिक वक्ता मानिन्छन् ।

भट्टराईले वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक गरेका छन्। बीमा तथा बैकिङ क्षेत्रमा ३५ वर्ष काम गरेका उनी महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् । छोटो समयमा नै महालक्ष्मी लाइफलाई एउटा उचाईमा पुर्याएका एक कुशल नेतृत्वकर्ता भट्टराईसँग आज हामी ‘बीमा’ बहस गर्दैछौं ।

बीमा बहसका बारेमा
नेपालमा आर्थिक मिडियाको संख्या दिनानुदिन बढिरहेका छन् । ‘बीमा’लाई नै मुख्य बिट बनाएर संचालनमा आएका सञ्चारमाध्यम पनि छन् । तर टेलिभिजन बहस वा नेटवर्कमा आधारित रेडियो बहसमा बीमा सम्बन्धि खास कार्यक्रम छैनन् नेपालमा । त्यहि अभावलाई केहि हदसम्म भएपनि न्याय गर्न सकिन्छ भन्ने प्रयासका साथ हामी आएका छौँ । अर्थ सरोकार डटकमले उत्पादन गर्ने यो कार्यक्रममा प्रस्तुत भएको अन्तर्वार्ता देशभरका ११० बढी रेडियोहरुबाट बज्ने आर्थिक रेडियो कार्यक्रम ‘अर्थ सरोकार’मार्फत पनि प्रशारण हुन्छ भने देशभरका विभिन्न स्थानीय टेलिभिजनबाटसमेत यो कार्यक्रम प्रशारण हुन्छ । कार्यक्रमको प्रशारण पहुँचलाई अझ बिकास गर्न हामी निरन्तर प्रयत्नरत छौँ । तर पहिलो अंकमै हामीले गर्व गर्ने चीजचाहिं के हो भने, ‘हामी देशभरका रेडियोहरु, विभिन्न टेलिभिजन हरु र अनलाइन गरेर सबैभन्दा बढी प्रशारण पहुँच राख्ने बीमा सम्बन्धि कार्यक्रम भइसकेका छौँ ।’ यो कार्यक्रममा कार्यक्रम प्रस्तोताका रुपमा अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेल रहनेछन् भने रेखा चन्द बहसकर्ताका रुपमा रहनेछिन् ।

कार्यक्रमबारे प्रतिक्रियाको अपेक्षा
भर्खर जन्मेको सन्तानसँग बस् सपना बाड्न सकिन्छ, कुनै अपेक्षा गर्न सकिंदैन । ‘बीमा बहस’ भर्खर जन्मिएको त्यस्तै सन्तान हो । तपाईं दर्शक, पाठक, र स्रोताको मायाले हामीले यो सन्तानलाई थप दरिलो र गर्व गर्न लायक बनाउनेछौं । तपाईंहरुको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गरेका छौँ । वा यो बहसमा के विषयमा कोसँग बहस होस् भन्ने चाहानुहुन्छ भने पनि हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
हेरौं कार्यक्रमको पहिलो भाग
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्