×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त बस्न्यातको सम्पत्ति रोक्का, यस्तो छ कारण !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त बस्न्यातको सम्पत्ति रोक्का, यस्तो छ कारण !

Artha Sarokar

१० मंसिर २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्पत्ति रोक्का गरेको छ । पूर्वप्रमुख बस्न्यातले अनियमितता गरेको देखिएपछि  विभागले उनको सम्पत्ति रोक्का गरेको हो । 
भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख आफै गैरकानुनी सम्पत्ति आजनमा ‘मुछिएको सम्भवतः यो पहिलो घटना हो । विभागले आगामी पुसभित्रै अनुसन्धान सकेर मुद्दा दायर गर्ने गरी बस्न्यात, उनका नातेदार तथा व्यावसायिक साझेदारहरूमाथि छानबिन गरिरहेको छ।
सम्पत्ति स्थानान्तरणको सम्भावना देखिएपछि उनको घरजग्गा, बैंकको मौज्दात तथा अन्य सम्पत्तिको कारोबार रोक्का राख्न सरोकारवाला सरकारी निकायलाई पत्राचार भइसकेको छ,’ -प्रधानमन्त्री कार्यालयमा बस्न्यातबारे भएको बिफिडमा सहभागी एक अधिकारीले बताए । कान्तिपुर दैनिकबाट साभार
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी