×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैकिङ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैकिङ !

Artha Sarokar

१ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल बैंक लिमिटेडले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । 
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंगका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्ने बारे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बैंकले ‘१०% एनबिएल डिबेन्चर-२०८३’ नामक २ अर्व ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न उक्त क्यापिटललाई नियुक्त गरेको हो । बैंकले १०% व्याज दरमा ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो ।
कूल २५ लाख कित्ता डिबेन्चर मध्ये १५ लाख कित्ता डिबेन्चर व्यक्तिगतलाई र १० लाख कित्ता कित्ता ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी