![](https://1.bp.blogspot.com/-cF0_chB3F-4/XYnHN4q25hI/AAAAAAABR8g/z0oJS1mdxnQFVDB4g_1bheurwzQlpaIVACLcBGAsYHQ/s640/2.jpg)
यस्तै बैंकले सेयरधनीहरुलाई गत वर्षको नाफाबाट ३५% लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये २१% बोनस सेयर र १४% नगद लाभांश रहेको छ । एनएनबिको खुद ब्याज आम्दानी २५.३३% ले बढेको छ भने सञ्चालन नाफा ५५.८३% ले घटेको छ ।
यस अवधिमा आइपुग्दा बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमशः ४२.०३% र ३३.२६% ले बढेको छ । बैंकले १ खर्ब २१ अर्ब ९१ करोड २६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १० अर्ब ३१ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो ।
बैंकको खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०७ पैसाले बढेर ३२ रुपैयाँ ५१ पैसा पुगेको छ ।
ओम डेभलपमेन्ट बैंकसँग मर्जरपश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख पुगेको छ । बैंकको जगेडा कोषमा ४ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ रहेको छ ।