
दाङ । दाङस्थित तत्कालिन वेष्टर्न बैँक (हालको देब बिकास बैंक)मा भएको झन्डै १८ करोड रुपैयाँ घोटाला प्रकरणमा ५६ जना विरुद्ध मुद्धा दायर भएको छ । तत्कालीन वेष्टर्नका सञ्चालक खड्गबहादुर बुढाथोकिसहित ५६ जनामाथि बैंकिङ कसुर मुद्धा दर्ता भएको हो । बैंकिङ कसुरको अभियोग लाग्नेमध्येमा चार्टड एकाउन्टेन्ट प्रेम भुर्तेल पनि छन् । सामान्यतया लेखापरीक्षण गरेकै आधारमा अन्य कसुर नलाग्ने र यो लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को अनुशासन समितिले हेर्ने मुद्धा हुने गर्दछ । आइक्यान अर्ध-न्यायिक निकाय पनि हो । उनी बुटवलमा रहेर काम गर्दै आएका सिए हुन् । वेष्टर्नको लेखापरीक्षण गर्दा मिलेमतोको आरोपमा उनीविरुद्ध मुद्धा दर्ता भएको हो ।
आइतवार जिल्ला सरकारी वकिल कार्यालयले बुढाथोकिसहीत ६ जना बैँक सञ्चालक, एक जना अडिटर, बैंकका तत्कालीन सीइओसहित ६ जना बैँक कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना गरेर ५६ जनामाथि तुलसिपुरस्थ्ति उच्च अदालत तुलसिपुरको वाणिज्य इजलाशमा मुद्धा दर्ता गरेको हो ।
उक्त प्रकरणमा बैंकका संचालकहरु र सीइओ फरार छन् । जिल्ला सरकारी वकिल कार्यालय दाङका कार्यालय प्रमुख सुशिल देवकोटाले तत्कालिन वेष्टर्न बैँकका मेनेजर समिर बुढाथोकिलाइ मुख्य योजनाकार र अन्य बैँक सञ्चालक, ऋण वोर्डका सदस्य, अडिटर, बैँकका सिओसहीतका कर्मचारीहरु र खाताको रकम दुरुपयोग गर्नेलाई सहयोगिकारुपमा मुद्धा दर्ता गरिएको जानकारी दिएका छन् ।
मुद्धा दर्ता गर्नेक्रममा बैँक सञ्चालकहरु र सिओ फरार रहेको उल्लेख गरीएको छ । सरकारी वकिल कार्यालयले बैँक हिनामिना प्रकरणमा तत्कालिन बेष्टर्न बैँकका सञ्चालकहरु बैँक सञ्चालक खड्गसहीत बैँक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकि, सञ्चालकहरु अर्जुन बुढाथोकि, वेगमबहादुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटामाथि बैंकिङ कसुर मुद्धा चलाएको कार्यालय प्रमुख देवकोटाले जानकारी दिए।
प्रहरीले केही दिन पहिले अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेकाले आइतवार मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जकन भट्टराईले पुष्टि गरेका छन् । एपपी भट्टराईका अनुसार अनुसन्धानमा ५६ जना दोषी देखिएको प्रतिवेदन बुझाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्