×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा इन्स्योरेन्सको बोनस सेयर पाउन अव सेयरधनीले के गर्ने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सगरमाथा इन्स्योरेन्सको बोनस सेयर पाउन अव सेयरधनीले के गर्ने ?

Artha Sarokar

१२ आश्विन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सगरमाथा इन्स्योरेन्सको बोनस सेयर प्राप्त गर्न सेयरधनीहरुले बोनसमा लाग्ने कर रकम जम्मा गर्नु पर्नेछ । कम्पनीले गत असार १३ गते बसेको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ८६% बोनस सेयर दिने निर्णय पारित गरेको थियो । यही पारित भएको बोनस सेयर प्राप्त गर्नको लागि सेयरधनीहरुले बोनसमा लाग्ने कर तिर्न पर्ने हो । सेयरधनीले उक्त कर ग्लोबल आइएमई बैंकको खाता नं. ०१०१०१०००५२६४मा तिर्न सक्नेछन् । कर बुझाएपछि मात्र बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । 
बोनसमा लाग्ने करको विवरण www.globalimecapital.com / www.sagarmathainsurance.com वा कम्पनीको शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् । यस्तै, कम्पनीले असोज २ गतेसम्म कर जम्मा गरिसकेका सेयरधनीहरुको बोनस असोज ८ गते उनीहरुकै डिम्याट खातामा जम्मा गरिसकेको जनाएको छ । हालसम्म पनि डिम्याट खाता नखोलेका सेयरधनीलाई पनि डिम्याट खाता खोल्न आग्रह गरेको छ । अनिमात्र बोनस सेयर सम्बन्धीत सेयरधनीको खातामा जम्मा हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी