काठमाडौँ – नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को नियुक्ति प्रक्रिया अन्तिम चरणमा रहेको छ । स्रोतका अनुसार बैंकले दशैं अगाडिनै सीईओ पाउने संकेत देखिएको छ । नेपाल बैंकको उक्त पद करिब छ महिनादेखि रिक्त रहेको छ । बैंकको सीईओ छनौट सिफारिस समितिले छनौट प्रक्रिया अन्तिम चरणमा रहेको जानकरी दिएको छ ।
बैंकको उक्त पदका लागि १४ जनाले आवेदन पेश गरेका थिए । मूल्यांकन कमिटीले आवेदक १४ सिईओका प्रस्तावकमध्ये ५ ओटाको सर्टलिष्ट गरेको छ । सर्टलिष्टमा परेका ५ जनाले पेश गरेका प्रस्तावहरु उपर समितिले सम्बन्धित आबेदकलाई ‘पावरपोइन्ट प्रिजिन्टसन’ गर्न लगाउँदैछ ।
यस्तै ५ जनाले पेश गरेको प्रस्तावबाट स्कोरसहित उत्कृष्ट ३ जनाको नाम मूल्यांकन समितिले बोर्डमा पठाउँने गर्दछ । बोर्डले अर्थ मन्त्रालयको सहमतिमा ३ जनामध्ये एकलाई प्रमुख कार्यकारीको रुपमा नियुक्त गर्ने प्रावधान छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्