काठमाडौँ – ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल(पीओएस) मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ ।
यससँगै डेबिट,क्रेडिट तथा प्रिपेड कार्डवाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल(पीओएस) मेशिनहरुबाट कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ । बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु यथाशीघ्र सुचारु गराउन बैंक प्रतिबद्ध रहेको जनाएको छ । बैंकका १४८ वटा एटीएम र १२० प्वाइन्ट अफ सेल(पीओएस) मेशिनहरु रहेका छन् ।