Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एसिया बैंकको पीओएस सेवा सुचारु, अन्य बैंकका एटिएमबाट पनि भुक्तानी पाइने !

अर्थ सरोकार

काठमाडौँ – एनआईसी एसिया बैंक लिमिटेडको पीओएस सेवा सुचारु भएको छ । बैंकको उक्त सेवा बुधबारदेखि सुचारु भएको हो । केहिदिन अघि नेपालका एटिएम मेसिन ह्याक गर्ने चिनियाँ नागरिकले एटिएम ह्याक गरेसँगै बैंकको यो सेवा अवरुद्ध भएको थियो । 
बैंकको केहि प्राविधिक कारणले भदौ १८ गतेदेखि डेविट तथा क्रेडिट कार्डहरु अन्य बैंक तथा वित्तीय संस्थाका एटिएम तथा पीओएस मेशिनहरुमा नचल्ने र सम्बन्धित बैंकका एटिएम र पीओएस मेशिनहरुमा मात्र चल्ने गरेको थियो ।
एनआईसी एसियाले भने बुधबारबाटै डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिजा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पीओएसमा समेत चल्ने व्यवस्था मिलाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK