×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले ल्यायो सारथीमा क्यूआर पेमेन्ट प्रविधि

PRIME CA

कुमारी बैंकले ल्यायो सारथीमा क्यूआर पेमेन्ट प्रविधि

१३ भाद्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहक लगायत सर्वसाधारणहरुलाई थप सुविधा दिने उद्देश्यले देशकै प्रचलित र एप–बेस्ड बुकिङ्ग सुविधा भएको ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँंग डिजिटल पेमेन्ट सम्बन्धी सहकार्य गरेको छ । 
आधुनिक सूचना प्रविधिको प्रयोग गरीे दैनिक आवतजावत सहज बनाउनका लागी सारथीका ट्याक्सीहरुमा सो भुक्तानी प्रणाली स्थापना गरिने बैंकले जनाएको छ । 
सो प्रविधिले नगदरहित र झन्झटमुक्त कारोबारमा सहजता ल्याउनुका साथै ट्याक्सी व्यवसायीहरूको आम्दानीलाई पनि तुरुन्तै सम्बन्धित बैंक खातामा जम्मा भई बचत हुने र उक्त निक्ष्ोपमा प्राप्त हुने ब्याजको समेत लाभ हुनेछ । यसैगरी, ग्राहकवर्गहरुले पनि बायोमेट्रिक लगईन मार्फत सुरक्षित, नगदरहित भुक्तानी गर्न सक्नेछन् । 
ग्राहक र चालक दुवैको सहजता र सुरक्षालाई मध्यनजर राख्दै सो सुविधा विस्तार गर्न लागिएको हो । सो पेमेन्टमा ग्राहकहरुले कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपका साथै फोनपे नेटवर्क अन्तर्गतका सम्पूर्ण बैंक र वालेटबाट पनि सिधै भुक्तानी गर्न सक्नेछन् । 
बैंकले सो पेमेन्ट प्रणालीको प्रोत्साहनका निम्ति सेप्टेम्बर १ देखि ग्राहक र चालक दुवैका लागि आकर्षक बोनस र क्यास ब्याकको योजना पनि ल्याएको छ । उक्त योजना अनुरूप हरेक क्यूआर पेमेन्टको कारोबारमा चालकले १५ सम्मको बोनस तथा ग्राहकले २० सम्मको क्यास ब्याक प्राप्त गर्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: