काठमाडौं – भिजिट नेपाल २०२० लाई सफल पार्न कुमारी बैंक र ललितपुर वाणिज्य संघ पदयात्रामा निस्किएका छन् ।
कुमारी बैंक लिमिटेडले भिजिट नेपाल २०२० लाई सफल पार्न निजी क्षेत्रको पुर्वतयारीको रुपमा ललितपुर जिल्लामा अवस्थित नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसार गर्ने अभिप्रायका साथ करिब १९ कि.मि.को वार्मअप–वाल्कर्थन कार्यक्रमको आयोजक ललितपुर उद्योग वाणिज्य संघसँग सहकार्य गरेको हो ।
कुमारी बैंक मुख्य–प्रायोजक रहेको यस पदयात्रा कार्यक्रमबाट संकलित रकम भूकम्पले क्षतबिक्षत् भएको भीमसेन मन्दिर पुनर्निर्माण कार्यमा लगाईने पनि जनाइएको छ ।
पत्रकार सम्मेलनमार्फत बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले पदयात्रामा सहभागिता जनाउनेहरूका लागि टि–सर्ट बाढ्न ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण लाल महर्जनलाई हस्तान्तरण गरे । सो कार्यक्रम ललितपुर पर्यटन क्षेत्र विकासका लागि कोसेढुंगा सावित हुनेमा वाणिज्य संघ विश्वस्त छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्