काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको नयाँ तलब सार्वजनिक गरेको छ । सरकारले साउन १ देखि अर्थात नयाँ आर्थिक वर्षदेखि लागु हुने गरी नयाँ तलब सार्वजनिक गरेको हो ।
सरकारले बजेट मार्फत कर्मचारीको तलब १८ देखि २० प्रतिशत बृद्धिको घोषणा गरेको थियो । यसलाई आधार मानेर सरकारले नयाँ तलब सार्वजनिक गरेको हो ।