×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्तले गर्यो चम्किलो प्रगति, खुद नाफा ५६.९६% ले वृद्धि हुँदा प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सामुदायिक लघुवित्तले गर्यो चम्किलो प्रगति, खुद नाफा ५६.९६% ले वृद्धि हुँदा प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा !

२२ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६को वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको अधिकांश सूचकमा आकर्षक सुधार भएको छ । यो अवधिमा संस्थाको खुद नाफा २ करोड ४४ लाख ४० हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५६.९६% ले धेरै हो । गत वर्ष संस्थाले १ करोड ५५ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
यता, गत वर्ष ६ करोड ३२ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यो अवधिमा ७ करोड ५३ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा २ करोड १० लाख १४ हजार रुपैयाँबाट बढेर ३ करोड ८४ लाख ६ हजार रुपैयाँ पुगेको छ । यस अनुसार, कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: १९.१५% र ८२.७६% बढाउन सफल भएको छ । 
संस्थाको चुक्ता पुँजी ४२.८५% ले बढोत्तरी भएर १० करोड रुपैयाँ कायम भएको छ । रिजर्भ कोष भने १५.८३% ले मात्र बढेर ४ करोड ७८ लाख ६० हजार रुपैयाँ कायम भएको छ । कम्पनीले निक्षेप संकलन ३०.६८% र कर्जा प्रवाह २६.८४% ले विस्तार गर्न सफल भएको छ । सामुदायिकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ४४ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी